चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि मण्डल युयान च्याचुन सगँ प्रधानमन्त्री ‘प्रचण्ड’सँग भर्चुअल संवाद

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका युयान च्याचुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चुअल संवाद गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य समेत रहेका नेता च्याचुनले प्रधानमन्त्री प्रचण्डसँग आइतबार दिउँसो ४ बजे भर्चुअल माध्यममार्फत छलफल गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । उक्त छलफलमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको छ ।

च्याच्युन नेतृत्वको उच्चस्तीय टोली आइतबार काठमाडौँ आएको हो । चिनियाँ उच्चस्तरीय टोलीले नेपालमा महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।