images
images
images

काङ्ग्रेसले भन्यो – आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ

काठमाडौं – नेपाली काङ्ग्रेसले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गर्नुपर्ने बताएको छ ।

काङ्ग्रेसका केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिह महरले विज्ञप्ति जारी गर्दै विगतमा भएको सहमतिलाई आधार मानेर प्रधानमन्त्रीले नै आन्दोलनरत शिक्षकसँग वार्ता र संवाद गर्नुपर्ने बताएका छन् ।

नेपाल शिक्षक महासंघसँग सरकारले विगतमा गरेको सहमतिका आधारमा प्रधानमन्त्रीले नै आन्दोलनरत शिक्षकहरूसँग वार्ता र संवाद गर्नुपर्ने कांग्रेस शिक्षा विभागको भनाइ छ।

कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले सोमबार निकालेको विज्ञप्तिमा शिक्षकहरूको आन्दोलन र शैक्षिक हड्तालका कारण विद्यालयको पठनपाठन प्रभावित बन्न पुगेकोले सरकार प्रमुखले तत्काल वार्ता गर्नुपर्ने उल्लेख छ।

शिक्षकहरूसँग सरकारले विगतमा गरेका सहमतिअनुसार विद्यालय शिक्षा ऐन तत्काल ल्याउने वातावरण बनाउन पनि उनले माग गरेका छन्।

 

 

487999512_1724047968178689_1240850662077981797_n-1744012772.jpg