images
images

तीनकुने घटनाको आरोपमा थप ६ जना पक्राउ

काठमाडौं, २६ चैत्र – काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेकाे आराेपमा पछिल्लो समय थप ६ जना पक्राउ परेका छन् ।

सर्लाही घर भएका ललितपुर टीकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारू पक्राउ परेका हुन् ।

यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर (ऐनी), सिन्धुपाल्चोकका ३० वर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।