images
images

प्रहरी श्रीमती संघ द्वारा कारागारलाई पुस्तक हस्तान्तरण

सुर्खेत । कर्णालीका कारागारमा पुस्तकालय अभियानका लागि पुस्तक सहयोग गरिएको छ । आइतबार नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकालले विभिन्न विद्याका एक सय ७२ थान किताव पुस्तकालयकी सह संयोजक ज्योति कटुवाललाई हस्तान्तरण गरेकी हुन् । ति कितावमध्ये एक सय ४३ वटा कारागार अभियानका लागि रहेका छन्, भने २९ वटा प्रदेश प्रहरी पुस्तकालयका लागि रहेका छन् ।


पुस्तक हस्तान्तरण गर्दै अध्यक्ष ढकालले कारागार पुस्तकालय अभियानले कैदीवन्दीमा सकारात्मक भाव पैदा गरी जेलपछिको जीवन रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने बताईन । अभियानका लागि हस्तान्तरण भएका कितावहरुमा ढकाल आफैले लेखेको एक कविता संग्रहसहित उनको परिवारसँग सम्बन्धित पाँच वटा किताव रहेका छन् ।