images
images
images

नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं, २७ चैत – एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि हुने प्रक्षेपण गरेको छ। एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ । एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्नेछ ।