काठमाडौँ – दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्जमा कर्फ्यू लगाएको छ।
प्रशासनले आजै साँझ साढे ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू लगाएको हो।
शनिबार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको थियो।
झडपका क्रममा पसलहरूमा तोडफोड र आगजनी भएको छ। अवस्था नियन्त्रणबाहिर गएपछि प्रशासनले कर्फ्यू लगाएको हो।



लाल्टिन खबर 






