images
images

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ – मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । जुडशीतल पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

प्रदेशको  गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै  मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २ गते मङ्गलवारका दिन जुडशीतल र सिरुवा पर्व परेकोले सार्वजनिक बिदा दिइएको उल्लेख गरेको छ ।

परिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै आज तराईका जिल्लाहरूमा जुडशीतल पर्व मनाइएको छ ।

 

490080570_1854494425350885_4613013225142565322_n