images
images

एनआरएनए अमेरिकाको अध्यक्षमा बन्जाडे, कुन पदका को–को विजयी ? (नतिजासहित)

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा अर्जुन बन्जाडे निर्वाचित भएका छन् । आइतबार अनलाइनमार्फत सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी दिलु पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा विकास उप्रेती, उपाध्यक्षमा भानु खरेल, ज्ञानेन्द्र गुरुङ, नेत्र पाण्डे र प्रेम तामाङ निर्वाचित हुँदा महिला उपाध्यक्षमा सुनिता सापकोटा (कँडेल) निर्वाचित भएकी छन् ।

यसैगरी युवा उपाध्यक्षमा अनुप खनाल निर्वाचित हुँदा महासचिवमा रामहरि अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी सचिवमा दीपक सापकोटा, शान्ता पौडेल निर्वाचित हुँदा कोषाध्यक्षमा सरोज सिग्देल विजयी भएका छन् । यसैगरी सहकोषाध्यक्षमा दिवाकर पाण्डे र युवा संयोजकमा तेज पौडेल निर्वाचित भएका छन् ।

यस्तै निर्वाचनबाट बोर्ड सदस्यसहित आईसीसी सदस्य र राज्य समिति सदस्यहरू पनि निर्वाचित भएका छन् ।