images
images

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, २ बैशाख – नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

राजनीतिक अवस्था, सरकारको समीक्षा र महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने छ । सरकारको प्रभावकारीताबारे काङ्ग्रेस भित्रैबाट आलोचना बढेपछि त्यस विषयमा समेत बैठक छलफल हुने भएको छ । बैठक सानेपास्थित बीपी स्मृति भवनमा बस्ने छ ।