images
images

कास्की रेडक्रसमा १ मतान्तरले उर्मिला खड्का निर्वाचित

पोखरा, ३ बैशाख – नेपाल रेडक्रस सोसाइटी कास्कीकाे अध्यक्षमा कृष्णप्रसाद तिमिल्सिनालाई १ मतान्तरले हराउँदै उर्मिला खड्का (भण्डारी) निर्वाचित भएकी छन्।

शनिबार भएको निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत पाए । महिला उपसभापतिमा १ सय ४२ मतका साथ रमा न्यौपाने कोइराला विजयी हुँदा रमा त्रिपाठीले १ सय ५ मत पाइन् ।

खुला उपसभापतिमा सुरेन्द्र गुरुङले १ सय २९ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार खेमराज सापकोटाले १ सय २० मत पाए यसैगरी मन्त्रीमा १ सय ३३ मतका सन्तोष अधिकारी विजयी भए।

कोषाध्यक्षमा मोहनसिंह खड्का र उपमन्त्रीमा डिल्लीराम बराल विजयी भएका छन् । उपकोषाध्यक्षमा कालिदास सापकोटा निर्वाचित भएका छन्।

हेर्नुहोस् विवरण: