कांग्रेस महामन्त्रीको हैसियतले आफू पनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा पार्टी र सत्ता गठबन्धनमा आवद्ध दलले गरेका निर्णय सञ्चारमाध्ययमबाट थाहा पाउनुपर्दा दुख लागेको थापाले बताएका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। थापाले बैठकमा धारणा राख्न ३० मिनेटको समय प्राप्त गरेका थिए।

बैठकमा उनले भने, ‘म पार्टीको महामन्त्री हुँ तर पार्टीका कतिपय र सत्ता गठबन्धनका निर्णयमा सहभागी हुन पाइन,सञ्चार माध्यमबाट खवर पाउनुपर्छ, भोलिपल्ट बिहान फेरि मिडिया नै प्रश्न गर्छन्, प्रोेसेसमा सहभागी हुन पाइन पार्टी र गठबन्धन बैठकका निष्कर्षका भारी मात्रै बोक्नु पर्‍यो।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि १३ बुँदे धारणा तयार गरेर नेतृत्वसमक्ष बुझाउने तयारी गरेको बताए।

पार्टीका कोही व्यक्ति फौजदारी अभियोग लागेको अवस्थामा आफैँ अलग हुनुपर्ने नभए पार्टीले निलम्वन गर्नुपर्ने उ’नको माग छ।

थापाले पछिल्ला दिनमा नागरिकहरुलाई भेट्दा महसुस गरिएका विषयबाट आफू आत्तिएको बताएका छन्।

थापाले नागरिकमा निराशाको क्रम बढेको बताए। उनले भने, ‘पछिल्लो दिनहरु जे मैले महसुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, ऊ खुसी छ। जो बाहिर जान पाएन, ऊत्र दुखी छ, गाउँको किसानदेखि शहरको सानोदेखि ठूलो उद्यम गरिहेको मान्छे कोही पनि खुसी देख्दिन । खुसी नभएको मात्रै होइन, निराश भएको देख्छु।’