images
images

ज्ञानेन्द्र शाह राजा नै होइनन् , अस्तित्व नै छैन: महन्थ ठाकुर

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताएका छन्।

बुधवार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गरे। उनले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताए।

उनले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्वराजा शाहले दिएको शुभकामनाप्रति असुन्तुष्टि जनाए। पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बद्मासी गर्न खोजिरहेको आरोप लगाए।

अध्यक्ष ठाकुरले भने,‘अहिले पनि हामी संघर्षकै अवस्थामा छौँ। माईतीघर मण्डला कहिल्यै खालि हुँदैन। त्यहाँ सधैँ नै जुलुस प्रदर्शन भइरहेको हुन्छ। चैत्र १५ गतेको घटना त देखेका नै छौँ। जसले देखेको छ, सबै आफ्नो आफ्नो व्याख्या गरिरहेका छन्। इतिहासको सबै चिज जे छ, त्यो सही मात्रै हुँदैन। घटना सही हुन्छ, त्यहाँ दुई जना मारिए, जुलुस प्रदर्शन भयो यो सही हो। तर अरु कुरा आफ्नो आफ्नो मूल्यांकन छ। यो सबै मिलाएर इतिहास हुन्छ। राजावादी आफ्नो व्याख्या गरिरहेका छन्, अरु आफ्नो व्याख्या गरिरहेका छन्। राजा त गइसकेका हुन्। उनको अस्तित्व नै छैन। तर पनि उनी आफूलाई पूर्वराजा भनेर हिँडेका छन्। ठाउँमा ठाउँमा उपस्थित भएका छन्। अघि बढ फागुन ७ गतेको उनको वक्तव्य। त्यत्तिकै आपत्तिजनक वक्तव्य नयाँ वर्षको उपलक्ष्यमा दिइएको छ। संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधिनमा हुनुपर्छ भनेर लागेका छन्। उनको बद्मासी यहाँ पनि स्पष्ट देखिन्छ।’