images
images
images

रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न आदेश

काठमाडौँ–सामाजिक सञ्जाल पेज रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ।

कानुनका विद्यार्थी विवके चौधरीले २०८१ फागुन १४ गते रुटिन अफ नेपाल बन्दसँग सूचना माग गरेका थिए।

तर उक्त पेज सञ्चालकले सूचना दिएनन्। त्यसपछि चौधरीले उक्त पेजको कार्यालयका प्रमुखलाई पनि उजुरी गर्दै सूचना माग गरेका थिए।

त्यसपछि चौधरीले सूचना उपलब्ध नगराएको भन्दै सूचना अधिकारी र कार्यालय प्रमुखलाई कारबाहीको माग गर्दै पुनरावेदन गरेका थिए।

उक्त पुनरावेदन पत्रपछि आयोगले रूटिन अफ नेपाल बन्दलाई आयोगले लिखित जवाफ  गर्न आदेश जारी गरेको हो।

आयोगले सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्ने कुनै कारण भए सोको आधार र प्रमाणसहित ७ दिनभित्र आयोगसमक्ष पेस लिखित जवाफ पेस गर्न आयोगले आदेश गरेको छ।