काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार प्रधानमन्त्री केपी ओलीलाई व्यंग्यवाण कस्दै आफ्नो पार्टीमा आलोचना गरेकै भरमा कोही पनि भीम रावल बन्नुनपर्ने बताएका छन्।
बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले नेपाली कांग्रेसभित्र आलोचना गर्न पाइने र आलोचना गरेकै भरमा कसैलाई एमालेजस्तो भीम रावल नबनाइने पनि बताए।
‘यो हाम्रो पार्टी हो. बाको पार्टी होइन,’ उनले भने। कांग्रेस पार्टीमा प्रश्न गर्न पाइने तथा फरक मत राख्न पाइने भन्दै उनले यो हाम्रो पार्टी रहेको बताए। ‘यहाँ प्रश्न पाइन्छ । यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । कोही भीम रावल बन्दैन । किनकि यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बाको पार्टी होइन,’ उनले भने।
उनले पछिल्लो समयमा सरकार तथा सत्ता साझेदार दल एमालेको विरोध गरिरहेका छन्।


लाल्टिन खबर 






