काठमाडौँ, ४ बैशाख – नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धनमा रहेका दलहरुबीच समन्वय हुनुपर्ने बताए।
बैठकमा सरकारप्रति असन्तुष्ट नेताहरूले आफ्नो कुरा राखेको उनले बताए।
उनले भने, ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलले चाहेजस्तो हुँदैन, चाहे प्रधानमन्त्री भएको दलको किन नहोस्। त्यसैले सत्ता गठबन्धन दलहरुबीच समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नुपर्ने छ। नियुक्तिमा पनि सन्तुलन मिलाउनुपर्छ।’
सभापतिले आफूले प्रधानमन्त्रीसँग कुरा गरिरहेकाले नमिलेका कुराहरूमा सहमति जुट्ने बताएको सुनाए।


लाल्टिन खबर 






