काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा इन्चार्ज तोकेको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो।
रास्वपाका अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा र बागमतीमा लिमा अधिकारीलाई इन्चार्च तोकिएको छ।

त्यस्तै, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिम हरि ढकाललाई पार्टीले इन्चार्ज तोकेको हो।


लाल्टिन खबर 






