काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ।
गृहले डिआइजीहरू चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा भएका डिआइजीहरूमध्ये खापुङ केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट, आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर, पोखरल बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा, कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत छन्।










