images
images

राजीनामाबारे सुमनाले केन्द्रीय समितिमा गराइन् जानकारी

काठमाडौं– रास्वपाको केन्द्रीय समिति बैठकमा आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएकोबारे सुमना श्रेष्ठले जानकारी गराएकी छिन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा श्रेष्ठले आफूले दिएको राजीनामाबारे जानकारी गराएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले सभापति रवि लामिछानेलाई सहमहामन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएकी छिन् ।

यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढाइने कुरा कार्यवाहक सभापति डीपी अर्यालले बैठकमा बताएको झाले बताए ।