images
images

विज्ञापन बोर्डको अध्यक्ष पदमा आवेदन आह्वान

काठमाडौँ, ५ बैशाख – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी तोकिएको योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जानकारी दिएको हो ।

अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले ३५ वर्ष उमेर पूरा भएको, आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा कम्तीमा स्नातक गरी सो क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र सिंहदरवारस्थित मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्न सक्नेछन् ।