images
images

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध, यात्रु अलपत्र

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

उनले भने,’पहिरो पन्छाउने क्रम सुरु गरिएको छ। पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन।’

पहिरोका कारण यात्रु अलपत्र परेका छन्।