काठमाडौं, ६ बैशाख – पेशागत महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र बुझाएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर महासंघकाे प्रतिनिधि मण्डलले १९ बुँदे माग बुझाएका हुन् ।
मागपत्रमा आउँदो बजेटमा कर्मचारीका सवाललगायतका विषयहरु उल्लेख गरिएको छ ।










