images
images
images

रुसी राष्ट्रपति पुटिनद्वारा ईस्टरमा युद्धविरामको घोषणा

काठमाडौं–युक्रेनसँग जारी युद्धकै बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ईस्टरमा युद्धविरामको घोषणा गरेका छन् ।

उनले युद्धविरामको अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्ने आदेश दिएका छन् । साथै युक्रेनले पनि सोही अनुसार कदम चाल्ने अपेक्षासमेत व्यक्त गरेका छन् ।

अनलाइनमा शेयर गरिएको भिडियोमा पुटिनले भनेका छन्, ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ ।’

रुसी रक्षा मन्त्रालयले एक बयान जारी गर्दै रुसले नेपाली समय अनुसार शनिबार साँझ पौने ९ बजेदेखि बिहीबार आधी रातसम्म सैन्य अभियान रोक्ने बताइएको छ ।

मन्त्रालयले सबै सैन्य कारबाही रोक्ने आदेश दिएको बताएको छ ।