images
images
images

बिहान ९ बजे देखि नै चर्कीदै शिक्षक आन्दोलन, दिउँसो राप्रपाको प्रदर्शन

काठमाडौं – चैत्र २० गते देखि काठमाडौँमा जारी शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि नै शुरु हुने भएको छ । शिक्षक महासंघले बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म हुने बताएको छ ।

दिउसो सोहि ठाउँमा राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आन्दोलनको दैनिक तालिका अगावै प्रदर्शन हुने भएको हो । शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ ।

अन्य दिन शिक्षक आन्दोलन दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला–नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहानदेखि नै नयाँ बानेश्वर–माइतीघर सडकको डाइभर्सन गरिने भएको छ । उक्त रुटको विकल्पमा हनुमानस्थान–थापागाउँ खण्ड प्रयोग गरिने ट्राफिक कार्यालयले जानकारी दिएको छ ।