images
images

रविन्द्र र धवललाई समर्थन गर्दै प्रदर्शन जारी राख्दै राप्रपा

काठमाडौं, ७ बैशाख – राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा रिहा नभएसम्म प्रदर्शन जारी राख्ने भएको छ ।

 

आजको प्रदर्शन ४ बजेसम्म हुने र भोलिदेखि रवीन्द्र र धवल रिहा नभएसम्म प्रदर्शन जारी राख्ने सांसद दीपक सिंहले जानकारी दिए ।यता, राप्रपाको प्रदर्शन विभिन्न समूहमा बाँडिएको छ ।

 

सुरुमा बबरमहलबाट नयाँ बानेश्वरसम्म आएका प्रदर्शनकारी विभिन्न समूहमा बाँडिएका हुन् । अहिले केही समूह माइतीघर मण्डलातर्फ लागेको छ भने केही समूह बानेश्वरमै छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू भने सिंहदरबारभित्रै पक्राउ परेका छन् । प्ले कार्डसहित प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।