नेपाल पत्रकार महासंघ गोरखा शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
लामो समयदेखि स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघ गोरखाको सातौँ अधिवेशन आइतबार सम्पन्न भएको छ ।
अधिवेशनबाट नरेन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विकास मरहट्टा, महिला उपाध्यक्षमा अस्मिता सिंखडा र सचिवमा सुजन न्यौपाने चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा गुणबहादुर रोका, सह–सचिवमा मोहसिन अलि मियाँ र सह–सचिव समावेशीमा दानबहादुर गुरुङ चयन भएका छन् ।
सदस्यतर्फ आदिवासी जनजातितर्फबाट बिबर गुरुङ चयन भएका छन् भने समावेशी सदस्यतर्फ संगिता चेपाङ चयन भएको महासंघ गोरखाले जनाएको छ । यसैगरी अन्य सदस्यहरुमा राजेश पौडेल, विमल श्रेष्ठ, मेलिना बराम र सुदिप श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीको भनाई छ ।


लाल्टिन खबर 






