images
images

अघिल्लो सरकारले देशको अर्थतन्त्र खोक्रो बनाएको रहेछः प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्।

सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्दै विकास निर्माणको गति बढाउने ध्याउन्नमा सरकार अगाडि बढिरहेको दाबी गरे।

 

उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै यसअघिको सरकारले मुलुकको अर्थतन्त्र खोक्रो बनाएको आरोप लगाए। उनले देशभर ७ हजार योजना रहेकोमा प्रचण्ड नेतृत्वको सरकारले ११ हजार योजना थपेर १८ हजार पुर्‍याएको उल्लेख गरे।

उनले भने, ‘देशको अर्थतन्त्र साच्चै खोक्रो र रित्तो बनाएको रहेछ। यसभन्दा अगाडि वास्तवमा नबुझिकन कदम चाल्ने वा बुझेर नै देशलाई बर्बाद पार्न खोज्ने के हो म भन्न सक्दिनँ। यति साह्रै नबुझ्ने त कसरी होला? तर देशमा ७०० आयोजना थिए। बजेट घोषणाभन्दा अगाडि ११ हजार योजनाहरु थप्दिहाल्छन्। योजना १८ हजार पुर्‍याएर बजेट भद्रगोलसँग बाँडेर अहिले त्यसको पैसा कहाँबाट तिर्ने? बजेट छैन।’