काठमाडौँ, ८ बैशाख – संयुक्त अरब इमिरेट्स (युएई)का परराष्ट्र मन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।
युएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान भोलि (मंगलबार) नेपाल आउन लागेका हुन्।
नेपालका परराष्ट्र मन्त्री आरजु राणा देउवा भने यतिबेला बैंकक भ्रमणमा रहेकी छन्। उनको अनुपस्थितिमा युएईका परराष्ट्र मन्त्री शेख अब्दुल्लाह नेपाल आउन लागेका हुन्। उनले दुई दिने भ्रमण सकाएर पर्सी स्वदेश फर्किनेछन्।










