images
images

कवि दयाराम अर्यालका दुई पुस्तक विमोचन

गोरखा, ९ वैशाख – गोरखाका कवि दयाराम अर्यालद्वारा प्रकाशित दुई पुस्तक सोमबार विमोचन गरिएको छ । अर्यालद्वारा रचिएका ‘मिलन’ उपमहाकाव्य र ‘नेपाल एकीकरणका पूर्वाधार नारायणदास अज्र्याल’ नामक दुई कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कौशिला रिसालले विमोचन गरेकी हुन् ।

 

गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच पुस्तक विमोचन गर्दै प्राज्ञ रिसालले कवि अर्यालको लेखनीको प्रसंसा गरिन् । यसअघि नवोदित पाइलाहरु, अर्याल वंशवृतान्त, प्यारो गोरखा, कविता पुञ्ज, अतीतका थुंगा नामका कृतिहरु प्रकाशन गरिसकेका अर्याल अहिले पनि एक दर्जन पुस्तक प्रकाशनको तयारीमा रहेको भन्दै उनले सर्जकहरुले अर्यालबाट पाठ सिक्नुपर्ने बताइन् ।

 

कार्यक्रममा गोरखा क्याम्पसका उपप्राध्यापक ठाकुर खनाल, कवि नारायणप्रसाद अर्यालले पुस्तकका बारेमा टिप्पणी गरेका थिए । साथै जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापा, गजलकार प्रदीप रोदन, केशव बस्नेत, पुरुषोत्तम अर्याललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।