काठमाडौँ, १० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।
जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् ।

‘मैले उहाँ (मोदी) सँग कुरा गरे र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्याएँ ।’










