काठमाडौं, १० वैशाख – एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका गोविन्द घिमिरेले बुधबारदेखि कार्यभार सम्हालेका छन् ।
तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी विगत १६ वर्षदेखि एनएमबी बैंकमा आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखा समेतको नेतृत्व गर्दै तीन दशक बैंकिङ क्षेत्रमा विताएका उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ’ उनले भने ‘डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।’










