images
images

तस्करी भएको सुन प्रत्यक्ष प्रसारण गरेर गाल्ने सरकारको तयारी

काठमाडौँ- गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको करिब १०० किलो सुन प्रत्यक्ष प्रसारण गरेर गाल्ने तयारी राजस्व अनुसन्धान विभागले गरेको छ।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समा कार्गोमार्फत स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको सुन प्रत्यक्ष मार्फत गालेर सर्वसाधारणलाई यसबारे जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ।

यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि जानकारी गराइसकिएको र उनी इटालीबाट फर्केपछि प्रत्यक्ष प्रसारण गरेर गालिने स्रोतले जानकारी दिएको छ।

यसलाई सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रियाबारे पनि विभागले राष्ट्र बैँक र  सम्बन्धित टेलिभिजनसँग पनि बुझिसकेको छ।

अहिलेसम्मकै ठूलो सुन तस्करी र यसमा धेरै पक्ष जोडिएकाले प्रत्यक्ष प्रसारणमार्फत जानकारी दिन लागिएको स्रोतले बताएको छ।