images
images

अध्यक्ष प्रचण्ड गोर्खामा, सहिद परिवारसँग भेटघाट र भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने

गोरखा, बैशाख ११ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुग्नुभएको छ ।

अध्यक्ष प्रचण्डले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नुभएको छ । अध्यक्ष ले सहिद भिष्म कुमालको घरमा खाना खानु भएको छ ।

भोलि बैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ।