images
images

प्रधानमन्त्रीले भोलिको संसद् बैठकमा सम्बोधन गर्ने

काठमाडौं, ११ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

भोलिबाट सुरु हुने बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको हो ।

भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।