सुलीकोट, ११ बैशाख – गोरखाको पालुङटार नगरपालिका-२ आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ ।
यसअघि पालुङटार नगरपालिकाको मातहातमा रही सञ्चालनमा रहेको उक्त अस्पताललाई बिहीबार एक कार्यक्रमका बिच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वामित्व ग्रहण गरेको पालुङटार नगरपालिकाकाले दिएको छ ।

विसं २०१३ सालमा पालुङा-२ मा रहेको आँपपिपल अस्पताल गोरखा, लम्जुङ, तनहुँ, मनाङ, मुस्ताङ, धादिङ र चितवनबाट समेत बिरामीहरू आएर उपचार गर्न आँपपिपल अस्पताल आउने गरेका बताइएको छ । धेरै वर्ष समितिको मातहातमा रहेको उक्त अस्पताल गत साल मात्रै समितिले नगरपालिकालाई जिम्मा लगाएको थियो ।










