काठमाडौं, १२ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको प्रतिक्रिया दिएका छन् ।
शुक्रबार थाइल्यान्डबाट फिर्ता हुने क्रममा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले सत्ता गठबन्धनमा केहि नभएको प्रतिक्रिया दिएका हुन् । पत्रकारहरुले सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने प्रश्नको जवाफ दिदै- ‘केही भएको छैन’ भनेका थिए ।

सत्ता समीकरण फेरबदल बारे पत्रकारले राखेको अर्को प्रश्नमा उनले हल्लामात्रै भएको र समीकरण फेरबदलको कुनै सम्भावना नै नरहेको बताएका हुन् ।
खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्ने दाबी गर्दै कांग्रेसलाई बिना शर्त समर्थन गर्ने बताउदै आएका छन् ।









