काठमाडौँ, १२ वैशाख – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र जनमत पार्टीले भारतको जम्मू–काश्मिरको पहलगाममा भएको आतङ्ककारी आक्रमणको घोर निन्दा तथा भत्र्सना गरेका छन् ।
लोसपा नेपाल र जनमत पार्टीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आतङ्कवादविरुद्ध सबै एकजुट भई लड्नुपर्ने आजको आवश्यकता रहेको जनाएका छन् ।










