काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
उनले सरकार शिक्षकहरुसँग वर्ता र संवादका माध्यमबाट अहिलेका समस्या समाधान गर्न पनि प्रतिबद्ध रहेको बताए। उनले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आह्वान गरे।
सरकारका तर्फबाट वार्ताका लागि आफूले आह्वान गरिसकेको पनि शिक्षामन्त्री पन्तको भनाइ थियो।



लाल्टिन खबर 






