काठमाडौं – आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थ वार्ता निष्कर्षमा पुग्न नसकेरै टुंगिएको हो।
सरकारसँग औपचारिक छलफल र संवादमा रहे पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए।
आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिले आफ्नो माग मन्त्री रघुजी पन्तलाई राखेका थिए। शिक्षकहरू २५ दिनदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । अध्यक्ष सुवेदीले अग्रगामी विध्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान भएको र त्यो नहुञ्जेल आन्दोलन निरन्तर रहने बताए ।



लाल्टिन खबर 






