काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ढल्दैन भनेपछि विरोधिहरु थुचुक्कै ढलेको टिप्पणी गरेका छन् ।
पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले देउवा थाइल्यान्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको बताए ।
बैठकमा ओलीले भने ‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेरपछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर, हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए,’ ओलीले सांसदहरूलाई ब्रिफिङ गर्दै भने, ‘‘सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नुस्, त्यसको जिम्मा हामीलाई छाडिदिनुस्, आफ्नो काममा लाग्नुस् भनेको त प्रधानमन्त्रीले आश मारिसकेछन् भनेर अर्को भाषा प्रयोग गरियो । नेपाली भाषा बुझ्दैनन् कि के भएको हो त्यो बुझ्दिनँ ।’
प्रधानमन्त्री ओलीले विरोधीहरुको हल्लाको पछि नलागेर चुनावको पनि लाग्न निर्देशन दिए ।


लाल्टिन खबर 






