काठमाडौं, १५ बैशाख – राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताले राजसंस्था खोजिरहेको दाबी गरेका छन् ।
काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र पक्षधरको असफलता र हिन्दूराष्ट्रको विचारको लोकप्रियताले जनताले यो व्यवस्थाको विकल्प खोजिरहेको बताए ।

उनले भने, “माहोल तयार भइरहेको छ । अन्तिम धक्काको मात्र आवश्यकता छ । एकातिर अनुकूल अवसर र अर्कातर्फ गणतन्त्र पक्षधरले राज्य शक्तिको दुरुपयोग गरिरहेको छ । हिन्दूराष्ट्र र राजतन्त्र कहिले उठ्न नसक्नेगरी दमन गर्ने काममा लागिरहेको छ ।”
पूर्वराजालाई बदनाम गर्न सरकार लागिपरेको थापाको भनाइ छ । सरकारको दमनमा चुप लागेर बसे हेपिने उनले बताए ।









