images
images

मेयरलाई छाता ओढाउँदै कृष्णमन्दिर घुमे राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन्। साथै उनले पाटन संग्रहालय पनि अवलोकन गरे।

राष्ट्रपति पौडेल पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए।

पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले पाटन कृष्ण मन्दिरको दर्शन र अवलोकन गदैृ गर्दा ललितपुर महानगरका मेयर महर्जननलाई एउटै छातामा ओढाएर हिँडेको तस्बिर सामाजिक सञ्जालहरुमा चर्चित भईरहेको छ।

बिहान पाटन क्षेत्रमा वर्षा भएको थियो।