images
images

तीन जिल्लाका सीडीओ फेरिए

काठमाडौं, १६ बैशाख – गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर तथा पदस्थापना गरेको छ ।

सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ ।

 

 

रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको छ ।

मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय दैलेख पठाउँदा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैशीलाई मन्त्रालय तानिएको छ ।

गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।