सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता आज पनि निष्कर्षविहीन भएको छ । मंगलबार अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो ।

वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक ढंगले अघि बढेको बताए । ‘हामी शिक्षकहरूसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छु, उनले भने, ुसम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’
सहमतिको प्रयासस्वरुप छलफल भएपनि सहमति जुट्न सकेको थिएन । शिक्षकहरू विद्यालय शिक्षा ऐनसहितका माग बोकेर विगत २८ दिनदेखि आन्दोलनमा छन् ।
शिक्षक-सरकार वार्तामा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री लेखकको पनि सहभागिता
आन्दोलनरत शिक्षकहरुसँगको वार्तामा सरकारले उच्चस्तरीय सहभागिता जनाएको छ। शिक्षामन्त्री रघुजी पन्तसँग जारी वार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी भएको बताइएको छ।
करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनका मागहरु सम्बोधन गर्ने उद्देश्यले सरकारले आजको वार्तामा विशेष जोड दिएको छ।
शिक्षकहरुले राखेका मागहरु सम्बोधन गर्न सरकारले उच्च तहका मन्त्रीहरुलाई वार्तामा सहभागी गराएर समस्याको समाधान खोज्न गम्भीर प्रयास गरेको बुझिएको छ ।
उक्त वार्तामा करिब एक घण्टा सहभागी भएर अर्थमन्त्री पौडेल निस्किएका छन् भने गृहमन्त्री लेखक र शिक्षामन्त्री पन्तसहितले शिक्षक नेताहरुसँग छलफल गरिरहेका छन् ।



लाल्टिन खबर 






