काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफासिमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए ।
गर्बुजा नेपाली काङ्ग्रेसबाट निर्वाचित सांसद हुन् । गत निर्वाचनमा उनी म्याग्दीबाट निर्वाचित भएका थिए ।


लाल्टिन खबर 







