images
images

जसपा नेतृ सिंहले विवाहमा पड्काएकी पेस्तोल सर्लाहीबाट बरामद,परीक्षण गर्न काठमाडौँ ल्याईदै

काठमाडौँ– सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा.बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ।

बबी सिंहसँग सोधपुछ सप्तरी प्रहरीले घटनाबारे सर्लाही प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि अञ्जनी कुमारको घर खानतलासी गर्दा उक्त पेस्तोल भेटिएको डीएसपी सरोज राईले बताए ।

नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुलेको हो ।

प्रहरीले सो पेस्तोल परिक्षण गर्न केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने भएको छ। मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दि कार्यक्रममा उनले नाच्दा पेस्तोल फायर गरेको खुलेको छ।

सो पेस्तोल नक्कली रहेको आशंका गरिएको छ। पेस्तोल फायर गर्न प्रयोग गरिने बारुद पनि बरामद गरिएको डीएसपी राईले जानकारी दिए।

सर्लाहीको भाडसरमा भएको घटनालाई डा.सिंहले भारतमा सितामढीमा भएको भनेर जिकिर गरेकी छन्। कोमल सुप्रियाको विवाह वैशाख मा सितामढीमा भएको थियो। डा.बबीलाई सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरिरहेको छ।

नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो। भिडिओमा सिंहसँगै अन्य मानिस पनि नाचिरहेको देखिन्छ। पेस्तोलबाट सिंहले एक राउन्ड ‘हवाई फायर’ गर्दा धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ। त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ।