काठमाडौं, १९ बैशाख – कोरियन प्रविधि र गुणस्तरमा आधारित ‘हाङकुक’ ब्रान्डको चाउचाउ अब नेपालमा नै उत्पादन हुने भएको छ ।
कोरियामा स्थापित नेपाली व्यवसायी विनोद कुँवरले भैरहवामा प्रिमियम गुणस्तरमा आधारित ‘हाङकुक’ ब्रान्डको चाउचाउ उद्योग स्थापना गरेका हुन् ।

अध्यक्ष कुँवरका अनुसार खाद्य विभागको स्वीकृति, ब्रान्ड दर्तालगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेका छन्। अन्तर्राष्ट्रिय गुणस्तरको ‘हाङकुक’ ब्रान्डको चाउचाउको तौल १३० ग्राम रहेको छ। यसको बजार मूल्य प्रति प्याकेट १३० रुपैयाँ पर्न जान्छ । यही गुणस्तरको आयात गरिएको चाउचाउको बजार मूल्य प्रतिप्योकट १८० देखि २२० रुपैयाँसम्म पर्ने कुँवर बताउँछन्।










