काठमाडौं, १९ बैशाख – सीजी फुड्स ग्लोबलको वैश्विक प्रमुख कार्यकारी अधिकृत पदमा विनोद चाैधरीका कान्छा छोरा वरूण चाैधरी नियुक्त भएका छन् । विनोद चाैधरी अध्यक्ष रहेको व्यापारिक समूह(सीजी कर्प ग्लोबल) अन्तर्गतको सिजी फुड्सको वैश्विक प्रमुख कार्यकारी अधिकृत पदमा चाैधरी समूहले परिवारकै सदस्यलाई जिम्मेवारी दिएको हो।

वरूण चाैधरी, सीजी कर्प ग्लोबलको प्रबन्ध निर्देशक समेत हुन् । अक्टुबर २०२२ मा सिजी फुड्सको ग्लोबल प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेका मानभेन्द्र अम्बर शुक्ला सिजी समूहमा लामो समयसम्म टिक्न सकेनन् । उनले जम्मा साढे दुई वर्षसम्म मात्र प्रमुख कार्यकारी पद सम्हाल्न पाए । यसअघिका प्रमुख कार्यकारी अधिकृत गजानन्द प्रसाद साह कलवार(जिपी साह) ले झण्डै २३ वर्ष सिजी फुड्सको नेतृत्व सम्हालेका थिए । साह, अहिले लोकप्रिय चाउचाउ ब्राण्ड करेण्ट नुडल्सको उत्पादक कम्पनी यसोदा फुड्सको नेतृत्व गर्दै विदेशी बजारमा यसोदा फुड्सको बजार विस्तारमा केन्द्रित छन् ।












