काठमाडौं, १९ बैशाख – नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको छ।

बिहान १० बजे हुने भनिएको बैठक तत्कालका लागि स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। साथै नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि रोकिएको छ।
सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो। आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो। मन्त्रिपरिषद वैठक पनि अर्को सूचना नआउञ्जेलका लागि स्थगित भएको हो। स्थगनको भने कारण खुलाइएको छैन।









