images
images

सरकारले संसद्लाई ‘बिजनेस’ दिन सकेनः सभापति लामिछाने

काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुनका मालिकहरुलाई जोगाउन खोजेको आशंका व्यक्त गरेका छन् । आज (शनिबार)  पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सुन तस्करी प्रकरणमा निश्पक्ष छानविन नगर्ने हो कि भन्ने आशंका बढेको बताए ।

सुन तस्करी प्रकरणलाई छोडेर सरकारले अर्को फाईल खोल्दै त्यसलाई मोड्न सक्ने सम्भावना बढेको उनको भनाई छ । ‘ कुनै पनि कालखण्डमा सुरुवात गरेको कामको अन्त्यसम्म सरकार पुग्छ, जरोसम्म सरकार पुग्छ भने हामीलाई विरोधका लागि विरोध गर्न पर्ने कुनै पनि आवश्यकता छैन । हामी सरकारको चित्तबुझ्दो जवाफ कुरिरहेका छौं । हामी हेरिरहेका छौ नजिकबाट सरकारलाई । सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई समातेर मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका बढेको छ । ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिन्थ्यो,’– उनले भने ।

सुन समाउन सक्नेले मालिक पत्ता लगाउन र समाउन नसक्नु आश्चर्यजनक कुरा भएको उनले बताए । सुन तस्करको मालिक धेरै ठूलो हुनसक्ने उनले आशंका व्यक्त गरे । ‘जुन ढंगले सुन आएको छ, त्यो मालिक सानोतिनो मालिक होईन, धेरै ठूलो मालिकजस्तो लागेको छ । अब यो धरै ठूलो मालिक देख्नेवित्तिकै अर्को फाईल खोल्नेतिर लाग्ने हो कि ? मलाई कता–कता शंका लागेको छ,’– उनले भने