काठमाडौं – शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। शनिबारदेखि सुरु भएको एनआरएनए महाधिवेशनले श्रेष्ठलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो। त्यस्तै उपाध्यक्षहरुमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ,विश्वास दिप लिम्बू र बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा जुनु गुरुङ निर्वाचित भएकी छन् ।
महासचिवमा बाबु राम लामा निर्वाचित भए भने सचिवहरुमा टेकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे निर्वाचित भएका छन् । महिला सचिवमा देवकी खत्री हुरुङ निर्वाचित भएकी छन्। कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

हेर्नुस् नव निर्वाचित कार्यसमिति
अध्यक्ष– महेशकुमार श्रेष्ठ
उपाध्यक्ष–६ जना
सुनिलकुमार साह
बुद्धि सागर सुवेदी
खगेन्द्र न्यौपाने
लोकप्रसाद दाहाल
मनोजकुमार श्रेष्ठ (गोर्खाली)
विश्वासदीप लिम्बू (तिगेला)
उपाध्यक्ष (महिला) जुनु गुरुङ
महासचिव–बाबुराम (बीआर) लामा
सचिव ३ (खुला)
चिन्तामणि सापकोटा
टंकप्रसाद गैरे
तिलकप्रसाद गैरे
कोषाध्यक्ष–ठाकुरप्रसाद ढुंगाना
सचिव (महिला) देवकी खत्री गुरुङ
सहकोषाध्यक्ष–कृष्णप्रसाद पोखरेल
महिला संयोजक रश्मी थापा
युवा संयोजक भीमसेन थापा
एसिया प्रशान्त क्षेत्रीय संयोजक–डा. बलराम श्रेष्ठ
युरोप क्षेत्रीय संयोजक– प्रेमबहादुर गुरुङ
मध्यपूर्व क्षेत्रीय संयोजक–रमेश श्रेष्ठ
उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक–डिलुराम पराजुली
ओसेनिया क्षेत्रीय संयोजक–इर्सद अहमद
क्षेत्रीय उपसंयोजकहरू
एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक २
माधव पोखरेल र मीमबहादुर पुर्जा
मध्यपूर्व क्षेत्रीय उपसंयोजक २
सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई
उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजक २
विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री
ओसियाना क्षेत्रीय उपसंयोजक २
रामप्रसाद कँडेल
प्रताप राना


लाल्टिन खबर 






